• Lumbini 24 आइतवार, पुस २६, २०७७
  • हामी “लिमिटेड इडिसन” हौँ

     

    हामी “लिमिटेड इडिसन” हौँ

     

    एउटा बालकले आफ्नो बुबालाई सोध्छ : “तपाइँहरू के गरी बस्नु हुन्थ्यो, जतिखेर,

    – न प्रविधिमा पहुँच थियो,

    – न इन्टरनेट थियो,

    – न कम्प्युटर थियो,

    – न टेलिभिजन थिए,

    – न एयरकण्डिशन थियो,

    – न कार थिए,

    – न मोबाइल फोनहरू थिए ।

     

    बुबाचाहिँले उत्तर दिन्छन् :

    “जसरी तिम्रो पुस्ता आज बाँचेको छ :

    – न प्रार्थना छ, न भाव

    – न दया / न करूणा छ,

    – न इज्जत / सम्मान छ,

    – न चरित्र छ, न चेतना छ

    – न लाज छ, न सरम छ

    – न कुनै विनयशीलता छ,

    – न समय-पालना छ,

    – न खेलकूद छ, न मनोरञ्जन

    – न भरपर्दा साथीसंगी छन् (मात्र फेसबुके साथी छन्)।

    सन् १९४० देखि १९९० को बीचमा जन्मिने हामी त साँच्चिकै भाग्यमानी छौँ । हाम्रो जीवन त्यसको ज्वलन्त प्रमाण हो :

    खेल्दा र साइकल चलाउँदा हामीले कहिल्यै हेलमेट लगाएनौँ ।

    हामीले स्कूलपछि साँझ परुञ्जेल खेल्यौँ, टिभी कहिल्यै हेरेनौँ ।

    हामी साँच्चैका साथीसँग खेल्यौँ, इन्टरनेटका साथीसँग होइन ।

    तिर्खा लागे धाराको पानी सोझै पियौँ,  बोतलको होइन ।

    दैनिक एक-एक थाल भात खाए पनि हाम्रो तौल कहिल्यै बढेन ।

    खाली खुट्टा डुलेपनि हाम्रा खुट्टा पैतालामा केही भएन ।

    हाम्रा बाबु-आमाले हामीलाई स्वस्थ राख्न कुनै थप पोषिलो खानेकुरा केही खुवाउनु परेन ।

    हाम्रा खेलौना हामीले आफैँ बनायौँ र खेल्यौँ ।

    हाम्रा बाबु-आमा धनी थिएनन् । तिनले हामीलाई प्यार दिए, अरू सांसारिक वस्तु होइन ।

    हामीसँग मोबाइल फोन थिएन, डिभिडी, प्ले-स्टेशन, एक्स-बक्स, भिडिओ गेम, व्यक्तिगत कम्प्युटर, इन्टरनेट-गफ थिएनन् तर हामीसँग वास्तविक साथीहरू थिए ।

    हामी नबोलाइकनै साथीको घर जान्थ्यौँ र उतै खाना खान्थ्यौँ ।

    तिम्रोभन्दा अलि फरक, हाम्रा नाता-गोता नजिकै बस्थे, त्यसैले हामी सँगै पारिवारिक जमघटको आनन्द लिन्थ्यौँ ।

    हाम्रा श्याम-स्वेत तस्वीर हुन सक्छन् तर तिनमा तिमीले रङ्गीन स्मृतिहरू पाउँछौ ।

    हाम्रो पुस्ता अद्वितीय र सबैभन्दा बढी सुझ-बुझ भएको पुस्ता हो किनकि हामी आफ्ना मातापिताले भनेको सुन्ने अन्तिम पुस्ता हौँ र आफ्ना छोराछोरीको कुरा सुन्ने पहिलो पुस्ता हौं । हामी यस्तो पुस्ता हौं, जसले आफू जन्मँदा अस्तित्वमै नभएका प्रविधिको प्रयोग गर्न समेत तिमीलाई मद्दत गरिराखेका छौँ ।

    हामी “लिमिटेड इडिसन” हौँ ! त्यसैले तिमीहरू

    – हामीसँग रम,

    – हामीबाट सिक,

    – हामीलाई सम्पत्तिको रुपमा लेऊ,

    – हामी यो धर्ती र तिम्रो जीवनबाट अलप हुनुअघि यहाँका सबै चिज र सबै मान्छेलाई माया गर ।”