• Lumbini 24 आइतवार, पुस २६, २०७७
  • सफल अगुवाहरूबाट सिक्नैपर्ने आनीबानी

    सफल अगुवाहरूबाट सिक्नैपर्ने आनीबानी

     

    १. प्रतिभालाई कडा मेहनतसँग जोडौँ ।
    सफल बन्नका लागि कडा मेहनत मात्र या प्रतिभा भएर मात्र पुग्दैन । यी दुवै कुरा एकअर्कामा जोडिनु पर्दछ । मेहनतको नाममा विनाउद्देश्य रगतपसिना सुकाएर हुँदैन र मसँग प्रतिभा छँदैछ नि भन्दै हात बाँधेर बस्न पनि हुँदैन ।

    २. अवसरमा आँखा लगाऔँ ।
    सफल अगुवाहरूले बजार अथवा मानिसहरूको आवश्यक्ता रहेको खाली ठाउँमा आँखा लगाइहाल्छन् । उनीहरूको आँखा अथवा नजरले साधारण मानिसलेभन्दा बढ्ता देख्न सक्छ । बजारको त्यही खाली ठाउँमा उनीहरूले अवसरहरूको श्रृजना गर्दछन् र खालीपनलाई सम्बोधन गर्दछन ।

    ३. सिक्न र ज्ञानमा बृद्धि भइरहन अभ्यस्त होऔँ ।
    धेरैजसो मानिसहरू ‘सबै जानेको छु’ भन्ने भ्रममा परेर असफल हुने गर्छन् । सफल अगुवाहरू अरुसँग सिक्न र नजानेको कुरा सोध्न कहिल्यै लजाउँदैनन् ।

    ४. लक्ष्य र सपनाको पछिपछि लागौँ ।
    सफल अगुवाहरूले आफूमाथि आइरहने अप्ठेरो, विरोध, गाली, अपमान या हरेकप्रकारका कष्टहरू खुसीसाथ स्वीकार गर्दछन् । उनीहरूको ध्यान यी कुराहरूतिर हुँदैन बरु उनीहरू आफ्नो लक्ष्य र सपनाको पछाडि लागेर हिँडिरहेका हुन्छन् ।

    ५. सधैं आफूलाई सुधार्दै जाऔँ ।
    सफल बन्नका लागि योपनि एउटा अनिवार्य शर्त हो । यो कुरामा आफूलाई अभ्यस्त बनाउनै पर्दछ ।

    ६. व्यवसाय‘माथि’ काम गरौँ व्यवसाय‘मा’ हैन ।
    सफल अगुवा तथा व्यवसायीहरूले आफूलाई सधैं व्यवसायभन्दा माथि राख्दछन् । उनीहरू व्यवसायमा घुलेर हराउँदैनन् ।

    ७. तटस्थ नहोऔँ ।
    सफल मानिस कि अगाडि बढ्छ कि त पछाडि हट्छ तर तटस्थ कहिल्यै बस्दैन । सबैलाई खुसी पार्छु भन्दै तटस्थ बस्नेहरू कहिल्यै सफल हुन सक्दैनन् । जीजस, राम, मोहम्मद, कृष्ण, बुद्ध, महावीरजस्ता ज्ञानीहरूको त मानिस पक्ष या विपक्षमा छन् । हामी को हौँ र जो सर्वस्वीकार्य हौँ !

    ८. सफल हुनका लागि सबैकुरा जानेको हुनैपर्छ भन्ने विचार त्यागौँ ।
    सफल मानिसहरूले एक्लै सबै कुरा या सबै काम जानेबुझेका हुँदैनन् तर जानेबुझेका धेरै मानिसहरूलाई आफू वरपर राखेकाचाहिँ हुन्छन् ।

    ९. जरुरी र महत्वपूर्णबीचको भिन्नता बुझौँ ।
    सधैँ जरुरी अर्थात् अर्जेन्टको पछि लाग्दा हामीले कहिलेकाहीँ महत्वपूर्ण कामलाई भुलिरहेका हुन्छौँ । सफल अगुवा बन्न चाहनेले यसमा विचार गर्नैपर्छ ।

    १०. पैसा नै सबैथोक हो भनेर नसोचौँ ।
    पैसा केहीथोक हो सबैथोक हैन । पैसाभन्दा माथि आफ्नो समाज र विश्वसमुदायलाई ध्यान दिनेहरू नै सफल अगुवा तथा व्यवसायी बनेका छन् ।