• Lumbini 24 बुधबार, माघ ७, २०७७
  • बाबुराम भट्टराई अर्घाखाँची आउँदै

    माघ ७, सन्धिखर्क ।

    पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अर्घाखाँची आउने भएका छन । पश्चिम नेपालका विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका क्रममा यही माघ २० गते उनी अर्घाखाँची आइपुग्ने बताइएको छ ।
    पार्टीको अर्घाखाँची जिल्ला सचिवालयको आज बसेको बैठकले सो कुराको जानकारी गराएको हो । उक्त दिनको तयारीका लागि बसेको बैठकमा केन्द्रिय सदस्य राजु नेपाली, लुम्बिनी प्रदेश सचिव टोपबहादुर बलालमगर, सदस्यहरू पुस्करनाथ आचार्य, मनिष सिंह र महेन्द्र सुनार, जिल्ला इन्चार्ज नेत्र थापामगर, जसपा महिला संघकी सङ्घीय परिषद सदस्य रमा आचार्य, प्रेस नेपालका केन्द्रिय सदस्य दिनेश सुनार लगायतको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समितिका अध्यक्ष जिन्दक खड्काको अध्यक्षता र सचिव जेबी दर्लामीको सन्चालनमा बैठक सम्पन्न भएको हो ।