• Lumbini 24 बिहिबार, माघ ८, २०७७
  • भूमिकास्थान नगरपालिकामा अन्तरक्रिया कार्यक्रम

    जिल्ला प्रशासन कार्यालयको आयोजनामा भूमिकास्थान नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यालयलसँग सम्बन्धित स्थानीय तहबाट हुने सिफारिस लगायतका सेवा प्रवाहमा हुने अलमल हटाउन कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको कार्यालयले जनाएकाे छ ।