• Lumbini 24 शुक्रबार, माघ ९, २०७७
  • मगर संघको तयारी बैठक सम्पन्न

    ९ माघ, सन्धिखर्क ।

    आसन्न महाधिवेशनका लागि छलफल गर्न नेपाल मगर संघले देशैभरि बैठक र भेलालाई तीव्रता दिएको छ । अर्घाखाँची जिल्लामा पनि आज एक बैठकको आयोजन गरी विभिन्न निर्णयहरू गरिएको छ ।

    नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष नेत्र थापामगरको अध्यक्षता र सचिव इन्द्र गेलाङमगरको सञ्चालनमा सम्पन्न बैठकमा संघका जिल्ला पदाधिकारीका साथै लुम्बिनी प्रदेश सहकोषाध्यक्ष कृष्ण सारुमगर, प्रदेश सचिवालय सदस्य टोपबहादुर बलालमगर, प्रदेश सदस्य ऋषिबहादुर पुलामीमगर र दिनेश घर्तिमगर, नेपाल मगर महिला संघकी जिल्ला अध्यक्ष बसन्ता सारुमगर, सचिव यमुना पुनमगर र नेपाल मगर विद्यार्थी संघकी जिल्ला अध्यक्ष कुसुम थापामगर, सचिव सावित्रा दर्लामीमगर र सदस्य भावना मगर लगायतको उपस्थिति रहेको थियो ।

    बैठकले आगामी फागुन १५ देखि १८ गतेसम्म रोल्पाको लिबाङमा आयोजना गरिएको राष्ट्रिय महाधिवेशन सम्बन्धमा विभिन्न निर्णयहरू पारित गरेको छ ।
    नेपाल मगर संघले पहिचानको आधारमा राज्य पुनर्संरचनाको आवाज उठाउँदै आएको छ भने यसले आधिकारिक रुपमा लुम्बिनी प्रदेशलाई मगरात भन्दै आएको छ ।