• Lumbini 24 मङ्लबार, माघ २०, २०७७
  • जनता समाजवादी पार्टी, नेपाल, अर्घाखाँचीको समायोजन सम्पन्न

    २० माघ, सन्धिखर्क ।

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, नेपालबीच एकतापछि बनेको जनता समाजवादी पार्टी, नेपालको जिल्ला समायोजन गरिएको छ । माघ २० गते पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
    सन्धिखर्कमा आयोजना गरिएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरू, प्रदेश पदाधिकारीहरू, प्रदेश सभासद, जिल्लाका पदाधिकारीहरू, आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

    समायोजनसँगै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७० जना जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।