• Lumbini 24 मङ्लबार, माघ २०, २०७७
  • तेस्रो जनआन्दोलनको नेतृत्व अर्घाखाँचीले गरोस् – डा. भट्टराई

    २० माघ, सन्धिखर्क ।

    जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अर्घाखाँचीका जनता राजनीतिक रुपमा सचेत रहेका कारण केपी ओली सरकारले चालेको प्रतिगामी कदमको विरुद्धको आन्दोलन अर्घाखाँचीले अगुवाई गर्नुपर्ने बताएका छन् । सन्धिखर्कमा आयोजित बृहत् अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् ।
    उनले सम्बोधनको क्रममा आन्दोलनले स्थापित गर्ने सरकारको नेतृत्व गर्न कांग्रेसले खुट्टा कमाउन नहुने पनि बताएका छन् । पहिलो बहुमतको पार्टी नेकपा छिन्नभिन्न भएपछि दोस्रो ठूलो पार्टीको नाताले नेपाली कांग्रेसलाई समर्थन गर्नु भनेको जनताको मतको कदर गर्नु हो भन्ने उनको जिकिर रहेको थियो ।

    कार्यक्रममा राजमोका प्रतिनिधि गोपाल पौडेल, नेकाका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान र नेकपाका नेता तथा प्रतिगमनविरुद्ध संघर्ष समितिका संयोजक रामबहादुर चौहान लगायतले पनि मन्तव्य राखेका थिए ।