• Lumbini 24 शनिबार, असार १२, २०७८
  • अभिमानसम्बन्धी केही भनाई

    अति अभिमान पराभवको ढोका हो ।
    शतपथ ब्राह्मण

    कुल, धन, ज्ञान, रुप, पराक्रम, दान र तपस्या मानिसका अभिमानका कारण हुन् ।
    क्षेमेन्द्र

    कल्याण चाहने मानिस अभिमानी हुँदैन ।
    कल्हण

    आधी गाग्रो छचल्किन्छ । दूध कम दिने गाई चकचके हुन्छ । अल्पविद्या भएको मानिस घमण्डी हुन्छ । कुरुप मानिस बढी नक्कल गर्छ ।
    अज्ञात

    हुुटिट्याउँ आकाश खस्यो भने रोक्छु भनेर आफ्नो खुट्टा माथि फर्काएर राख्छ । यसैगरी मनगढन्ते गर्व कुन मानिसमा हुँदैन र ?
    अज्ञात

    त्यागको अभिमान धनको अभिमानभन्दा ज्यादै खतरनाक हुन्छ ।
    शिवानन्द

    अभिमानी व्यक्तिको सान र उसको अपकीर्तिबीचमा एक पाइला फरक हुन्छ ।
    पब्लिलियस साइरस

    आत्मप्रेमका कारण स्वयमलाई अनावश्यक महत्व दिनु अभिमान हो ।
    स्पिनोजा

    आफैंमाथि अभिमान जति ठिक छ त्यति नै अरुलाई अभिमान देखाउनु हास्यास्पद हुन्छ ।
    ला रोसिफकल्ड

    गर्वको पतन निश्चित छ ।
    शेक्सपियर