• Lumbini 24 शुक्रबार, असार २५, २०७८
  • जङ्गली घोडाको बयान

    जङ्गली घोडाको बयान

    जेबी दर्लामी

    म त जङ्गली घोडा हुँ
    म तिम्रो तबेलामा कहाँ अटाउँछु ?

    जङ्गली भन, अराजक छौ भन
    तिम्रो घृणाले मलाई केही हुन्न
    बलवान छौ भन, फूर्तिलो छौ भन
    तिम्रो मायाले पनि मलाई छुन्न ।

    तर यत्ति हो,
    तिम्रो तबेला मलाई साह्रै गन्हाउँछ
    मेरो गर्धन मुसार्न नखोज
    तिम्रो स्पर्शले मलाई ‘एलर्जी’ बनाउँछ ।

    म त जङ्गली घोडा हुँ
    म तिम्रो तबेलामा कहाँ अटाउँछु ?

    रचना : ११ अगस्त २०१४