• Lumbini 24 मङ्लबार, साउन ५, २०७८
  • ज्ञान

    मेघनाथ चुदाली

    लेखक

    आफूलाई चाहिने ज्ञानलाई सार्थक ज्ञान भनिन्छ । सकारात्मक कामका विधि चिनेर नकारात्मक काममा सजग रहने मानिसले सत्यको न्यायिक कर्मविधि खोजी गर्छन् । त्यसका लागि समानताका सुकर्मका सत्यताका ध्यानको योग गर्नुपर्छ । ब्रह्मविधिका कर्मतथ्यको तत्व पहिचान गर्नुपर्छ । सत्यका तथ्यको मान गर्नुपर्छ । सत्यका न्यायिक कर्मका मानिसहरू अन्यायी कर्मविरुद्धका योद्धा हुनुपर्छ । अन्यायी कर्मविधिमा युद्ध गर्न अन्यायी शत्रु चिन्नुपर्छ । सत्यको न्यायिक कर्ममा बाधा पु¥याउने, भेदभावका कर्म गर्ने, नकारात्मक सोचका कुकर्म गर्ने असुरकर्मी हुन् । असुरकर्मी ब्रह्मलुटका हुन्छन् । विनाभेदको ब्रह्मविधि लुट गर्ने देवकर्मका शत्रु हुन्छन् । सुरका न्यायिक सत कर्मयोगी मानिस देव जातिका हुन्छन् । त्यसैले कर्मजातको पहिचानको न्यायिक महत्व हुन्छ । शोषित मान्छे देवजातको हुन्छ तर शोषित मान्छेलाई आफ्नो कर्मस्थान पनि थाहा छैन । देवकर्म विधि पनि थाहा छैन । हरेक उत्पादनको उद्यमी हुन्छन् । पसिना बगाउँछन् । आफ्नो कर्म महत्वको मूल्य पहिचानको ज्ञान पनि छैन । त्यही पसिनाको श्रम शोषण गर्ने मान्छे उँचो मालिक दया निगाहको हुन्छ । त्यस्तो अज्ञानता दुवै असुरका कर्म हुन् । विना भेदको ब्रह्मसत्यको कर्मविधि ज्ञानका सुरले गरिने न्यायिक सतकर्म देवजात एक जातको मात्र कर्मजात हो । असुरको विना सुरमा गरिने तामस कर्म जातमा दैत्य राक्षसी दानवीजस्ता कर्म पनि जात हुन्छन् । त्यसैले कर्मजात जातको न्यायिक मूल्यांकनको शोषित एकै जातको कर्मजात हो । बाहुन, क्षत्री, दलित, जनजाति सबै जन्मजातमा शोषण शोषितकर्मका मान्छे हुन्छन् । त्यसकारण शोषित मान्छेले आफ्नो सत्कर्म जातको अन्यायी शोषण थाहा जान्नैपर्छ । अवसरीका लालचकर्ममा फस्न हुँदैन । समानताको न्यायिक कर्मका विधिमा अडिग रहिरहनुपर्छ । न्यायिक व्यवस्थापन उदाहरणीय गर्नुपर्छ । सतकर्म ध्यानमा तपस्या गर्नुपर्छ । सतकर्मको न्यायिक क्रान्ति ऋषि क्रान्ति हो । परमेश्वरी क्रान्ति हो । स्वार्थ मोहका लालचमा सतकर्म भड्काउनु हुँदैन । स्वार्थ मोहका अवसरीको न्यायिक क्रान्तिमा नेतृत्व भयो भने शोषित क्रान्ति असफल हुन्छ । न्यायिक सतभावी विश्वासको मानमा बाधा पर्छ । परमेश्वरी कार्यको धोका हुन्छ । अवसरवाद परमेश्वरी कार्यको शत्रु हुन्छ । अन्यायका अवसरको जड कारण पत्तो गरेर भगवानी कर्मका सत्यताका न्यायिक कार्य सफल हुन्थे । विनाभेदको ब्रह्मसत्य त्रुटि हुन नदिनका लागि भगवानी कर्मका युद्धकर्मीहरूलाई ऋषिमुनिहरूले असुरकर्मका अन्यायी कारणको जड विधि तोड्ने मार्ग निर्देशन गर्थे र देवकर्मका कार्य सफल हुन्थे । अनि मात्र सत्य कायम हुन्थ्यो । सत्यकर्मका पुरुषार्थीहरूले सत्य सावित गर्न सफल हुन्थे ।

    आज न्यायका सत्य कार्य कायम गर्ने भन्ने वाचामा शक्ति प्राप्त गर्ने गरेका क्रान्तिकारीहरू स्वार्थमोहका इच्छा राखेर लोभका लाभमा फसेर सत्यका न्यायिक कार्यमा असफलता बाहेक अरू केही पाइँदैन । न्यायका कलाकारिताको सदभावको इच्छा सत्य छैन । समाजका न्यायोचित् समान कार्य हुँदैनन् । भेदको असमानता धन पक्ष भावनामा हुन्छ । जसको जीवनको न्यायिक आज्ञा चक्र छ, उसको कर्म चक्र बलवान हुन्थ्यो । न्यायिक कर्ममा सत्यताको इच्छा चक्र कसैको छैन । त्यसैले शोषित समाजको न्यायिक आशामा असफलताको निराशा बाहेक अरू केही पाइँदैन । न्याय भक्तिभाव लर्खराउने गर्छ । आफ्नो गिरावट आफै गरिएको हुन्छ । विना भेदभावको न्यायिक ब्रह्म सत्यतथ्य कार्यमा मात्र अमरत्व प्राप्त हुन्छ । पूर्व मनुहरूले विधिका नीतिमा भक्तिभाव राखेर सामाजिक समानतामा संघर्ष गर्थे । आज त्यसै रङको तारे टिको लाउँदै भ्रष्टाचारका कर्म गर्दै धन बटुल्छन् । पूर्व मनुहरूले बताएका सतकर्मका सिद्धान्तमा प्रेम राख्ने हो भने विना भेदका सामाजिक हितकर कर्मका कार्य हुन्छन् । तर आत्मभाव न्यायोचित चिन्तनमा हुनुपर्छ । समानताको परमेश्वरी भावनामा कर्मशील रहिरहनुपर्छ । मानवीय सतकर्मको न्यायिक बुद्धतत्व खोजी कार्यको आत्मभावको मनोचिन्तनको ध्यानको ज्ञान विज्ञान हो । त्यसैले सतकर्म योग ध्यान धर्मको कर्म हो ।

    हामी देवता भन्नेबित्तिकै हाम्रो सोच सत्यकर्मका न्याय सावित गरेका पुरुषार्थीका नाम मात्र सोच्छौँ । देवकर्मका न्यायिक सतकर्मका ज्ञान लिँदैनौँ । त्यसैले हामी असुरका जय मात्र गरेका हुन्छौँ तर सतकर्म भावको न्यायोचित कर्ममा देवशक्ति हुन्छ भन्ने मान्यता राखेर सतकर्म गर्नु धर्म हो । महर्षि ऋषिमुनिहरूभन्दा हाम्रो सोच हुन्छ । व्यासमा बसिरहने ज्ञानका ध्यानी भन्ने हाम्रो सोचमा आउँछ तर त्यस्तो मात्र होइन । जो सत्यका अनुभवात्मक न्यायिक सतकर्मको आत्मीय अभ्यासको ध्यान गर्छ उसको ब्रह्माण्ड सत्यको न्यायिक कर्ममा कर्मशील रहिरहन्छ, त्यस्ता मानिस सतकर्मका ऋषि हुन्छन् । मान्छेले ममताको मानसिकता त्याग्नु हो । सत्यताको न्यायिक कर्म पहिल्याउनु हो । सत्यका न्यायिक मार्ग सिद्धान्तका कर्मले भेदभावका दूरी बढाउँछ । अशान्तिका क्रियाकलाप बढेर जान्छन् । सुखभोगका मानसिकतामा भ्रष्टाचार, ठग, लुटका पनि इच्छा चाहना बढ्छन् । ठूला महलमा बस्ने चाहना हुन्छन् । जथाभावी भोजन चाहन्छन् । विलासिताको जीवनमा रमाउन चाहन्छन् । असुरको भावना हुन्छ तर सन्त महात्माहरू जँगलका कुटीहरूमा पनि रमाएर बसेका हुन्छन् र पनि न्यायिक मानसिकताको सफा शुद्ध आत्माले जीवन स्वस्थ्य राखेका हुन्छन् । शरीरलाई चाहिने आवश्यक भोजन मात्र चाहन्छनु । आत्माले शरीरलाई तापको ज्वरो दिँदैनन् । सत्यका न्यायिक कर्मले कीर्तिमानी अमरत्व प्राप्त गर्छन् । मानिसलाई भेदका असमान इच्छाका चाहनाले सामाजिक द्वन्द्व गराउँछ र अशान्ति निम्त्याउँछ । सत्यका न्यायिक कर्मको हत्या गर्ने मानिस असुरका राक्षसकर्मी मानिस हुन्छन् । सत्य मार्नु भनेको शोषित समाज मार्नु हुन्छ । त्यो परमेश्वरी कर्म विपरितको कर्म हो । ब्रह्मसत्यको विना भेदभावको ब्रह्मविधि संसार व्यवस्थित गर्ने विधि हो । त्यसैले ईश्वरीय विधि मानेर पूजा हुन्छ । न्यायिक सत्यताको सत्य कायम राख्न समाजमा न्यायिक समाजको विकास गर्नुपर्छ । न्यायिक ज्ञानको सन्तोषी आत्माले शान्ति कायम राख्न सक्छ । असुरको समाजलाई सतकर्मका ज्ञानले सुरको समाज सिर्जना गर्नुपर्छ । धर्म सतभावको न्यायिक कर्म हो । भगवान सतगुणका प्रेमी हुन् । सतगुणको प्रेममा सत्य स्वर्गबास छ । स्वर्गबास पाउने मानिसको आशा हुन्छ तर धर्मका नाममा परमेश्वरी कर्मको एक एक नाम राखेर एक धर्मले अर्को धर्म निषेध गर्ने गरेर धार्मिक दङ्गामा झगडाका मारामार गर्ने गरेका छन् । सतभावको प्रेम सतगुणको मान, तत्वज्ञानमा अबुझ हुनुको कारण हो ।

    ० लेखक चुदालीको प्रकाशोन्मुख पुस्तकबाट साभार