• Lumbini 24 आइतवार, साउन १७, २०७८
  • गीत

     

    राजेन्द्र भण्डारी

     

    ढुङ्गिलो छ तेरो बाटो, खन्दै हिँड् है ए जिन्दगी

    तेरो फरुवाको धार कहिले बस्छ भन्न सकिन्न

    बिषालु छ परिवेश यो, फोहोरी मन छन् जताततै

    कुन कीटाणु मुखमा स्वाट्ट पस्छ भन्न सकिन्न

    कुन कुइनेटोमा कस्तो सर्प बस्छ भन्न सकिन्न

    कुन सर्पले कहिले कसरी डस्छ भन्न सकिन्न

     

    केही चोटहरु छन् साथीभाइका मायासँगै आएका

    केही यादहरु छन् जिन्दगीले यात्रामा कमाएका

    बाटो लामो छ, छेउछाउमा फलैंचा पनि खै देखिन्न

    उमेरको भारी कहिले फ्यात्त खस्छ भन्न सकिन्न

    ***