• Lumbini 24 बिहिबार, साउन २१, २०७८
  • गाउँको हुलाकघर

     

    रमेश सायन

     

    हुलाकघरबाट

    धेरै पटक तिम्रो नाममा चिठी रजिष्ट्री गरेको हुँ

    पठाएको हुँ

    कसैले नभेट्ने एकान्तको बाटो

    ठूला–ठूला वाचाकसम

    र हाम्रा आरुफूल सपनाहरू

    अहिले न तिमी छौ

    न हुलाकघर छ

    समयलाई सायद लाग्यो होला –

    तिम्रो नाम र ठेगाना बिना

    हुलाकघर साह्रै असुहाउँदिलो देखिन्छ

    त्यही भएर समयले बिदा गरेको होला

    गाउँको हुलाकघरलाई ।