• Lumbini 24 बिहिबार, साउन २१, २०७८
  • चियाको बुट्टा – म

     

    कविता लोहोरुङ्ग राई

     

    प्रिय ,

    तिम्रो केवल एक नजरले

    बर्षौ बाचेकीछु- म ।

    सधै-सधैं

    एउटै जिन्दगी बाँच्नुको पीडा

    बाँच्नेलाई मात्र थाहा हुन्छ प्रिय ,

    ठुट्टीएर पनि बुट्टा बाँच्नु पर्ने

    – मेरो बाध्यता

    आकाश छुने रहर भएर पनि

    मुनामै टिपिएर फेरि पलाउनु पर्ने

    – मेरो बाध्यता

    तिमी के बुझ्थ्यौ र ?

    म त चाहान्छु

    तिमी यात्री भएर हैन

    बरु बतास भएर आउ

    मलाई मसार…

    अनि चुम

    मेरो प्रतेक अंग-अंगलाई

    गाउ एउटा गीत मीठो धुन मिलाएर

    …..मेरो नाममा,

    बल्ल थाहा हुनेछ तिमीलाई

    बगान भित्र कैद

    मेरो जीवन लय

    अनि

    महशुस हुनेछ तिमीलाई

    चियाबारीको

    मेरो

    अपुरो ठुट्टे जिन्दगी……

    अधुरो बुट्टे जिन्दगी ….!