• Lumbini 24 शुक्रबार, साउन २२, २०७८
  • इतिहासको यस घडीमा

     

    ईच्छुक

     

    यसबेला केहि निस्तेज शीरहरू झुकेर

    सभक्ति अभिषेक चढाईरहेछन

    म तिम्रो ठाडो शीरलाई झन् ठाडो देख्न चाहिरहेछु

    यसबेला केहि दुर्बल मुठ्ठीहरू फुक्केर

    विनित भावले जम्लेहात जोडिरहेछन

    म तिम्रो बज्रमुट्ठीलाई झन् सबल देख्न चाहिरहेछु

    यसबेला केहि थकित पाईलाहरू गलेर

    माझ बिसौनीमा बास मागीरहेछन्

    म तिम्रा जब्बर पाईलाहरूलाई झन् अग्रसर देख्न चाहिरहेछु

    यसबेला केहि कर्णकटु स्वरहरू काँपेर

    प्रशस्ती बाचन गरिरहेछन

    म तिम्रो प्रखरबाणीमा युगको हुंकार सुन्न चाहिरहेछु !

    व्यथित देशको चिन्ताले

    आहत जनताको पीडा र सुस्केराले

    हरदम अभिभूत तिमी

    ए, मेरो युगको तरुण नायक !

    यसबेला मैले कविता लेखुँ नलेखुँ केहि फरक पर्दैन

    तर तिम्रो आँधीबेहेरीमय माहायात्रा भने यात्रा रोकिनुहुन्न

    ईतिहासको यस संक्रमणशील घडीमा

    भोको पेटका उर्जस्वी चेतनाहरूलाई

    निधारबाट रगतका बाछिटाहरू पुछेर

    दयालुमुद्रामा विषालु खाजा पस्किरहेछ, भद्रपुरुष

    तिमी भने झुक्किनुहुन्न

    कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुँरास

    तिमी भने यो फेदीमा अल्मलिनुहुन्न !