• Lumbini 24 आइतवार, साउन २४, २०७८
  • टोकियो ओलम्पिक २०२० काे चर्चायाेग्य एक घटना

    ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा सानो देश बर्मुडा बन्याे ।
    बर्मुडा ओलम्पिकमा स्वर्ण जित्ने जनसंख्याको आधारमा सबैभन्दा सानो देश बन्यो। ६३ हजार जनसंख्या भएको बर्मुडाका लागि फ्लोना डुफीले स्वर्ण जित्दै इतिहास बनाइन्। उनले ट्रायथलनको व्यक्तिगत स्पर्धामा स्वर्ण जित्न सफल भइन्।
    चौथो पटक ओलम्पिकमा भाग लिएकी उनले ५६ महिला प्रतिस्पर्धीलाई पछि पार्ने क्रममा ५५ मिनेट ३६ सेकेन्डमा(पौडी,साइक्लिङ र दौड) निर्धारित दूरी पूरा गरिन्। बर्मुडाले यसअघि नै ‌ओलम्पिकमा पदक जित्ने सानो देशको कीर्तिमान बनाएको थियो। सन् १९७६ मा बर्मुडाले बक्सिङमा कास्य जितेको थियो। बक्सर क्लारेनस हिललले कास्य जितेर इतिहास बनाएका थिए।
    डुफीले यसअघि सन् २०१८ को कमनवेल्थ गेम्समा स्वर्ण जितेर इतिहास बनाएकी थिइन्। उनी कमनवेल्थ गेम्समा स्वर्ण जित्ने बर्मुडाकी पहिलो खेलाडी बनेकी थिइन्।
    ओलम्पिक ट्रायथलमा ५१.५ किलोमिटर दूरी पार गर्नु पर्छ। जसमा १.५ किलोमिटर पौडी, ४० किलोमिटर साइक्लिङ र १० किलोमिटर दौड हुन्छ।
    डुफीले पार गरेको दूरी आफ्नो देशको लम्बाईभन्दा ११.५ किलोमिटर बढी हो। बर्मुडाको लम्बाइ ४० किलोमिटर छ। बर्मुडा अमेरिकाको न्युयोर्कभन्दा १५ गुणा सानो छ।
    May be an image of 1 person and text that says 'ROKA DUFFY BER'